|  

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूचीहरु

४ श्रावण २०८१, शुक्रबार ०८:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ४, काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक सङ्घीय संसद् भवन बानेश्वरमा आज दिउँसो सवा १ बजे सुरु हुनेछ ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयकहरू प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
त्यस्तै आजकै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९–०८० सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

४ श्रावण २०८१, शुक्रबार ०८:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस