|  

२ हजारले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोवार ?

४ श्रावण २०८१, शुक्रबार ११:४८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ४, काठमाण्डौँ । शुक्रबार सुनको भाउ तोलामा २ हजार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँ मूल्य तय भएको छ ।

यसअघि बिहीबार १ लाख ४९ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । बुधबार हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो । चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १८६० रुपैयाँमा कारोबार भएको चाँदी आज १८३० रुपैयाँ कायम भएको छ ।

४ श्रावण २०८१, शुक्रबार ११:४८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस