|  

शेखर कोइराला भन्छन्-‘कांग्रेस महाधिवेशन समयमै नभए पार्टी धरासायी हुन्छ’

४ श्रावण २०८१, शुक्रबार ११:५५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ४, काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले १५ औं महाधिवेशन समयमै हुनेमा आशंका व्यक्त गरेका छन् । कांग्रेस महानगर समितिका सभापतिहरूसँग शुक्रबार काठमाडौमा भेटघाट र छलफल गर्दै उनले पार्टी नेतृत्व र पदाधिकारीहरूको कार्यशैली हेर्दा तोकिएको समयमा १५ औं महाधिवेशन हुनेमा आशंका उत्पन्न भएको बताए ।

तोकिएको समयमा महाधिवेशन नभए पार्टी धरासायी हुने र त्यसको असर आगामी निर्वाचनहरुमा पर्ने भएकाले त्यसका लागि चनाखो हुन कोइरालाले आग्रह गरे । महानगरका सभापतिहरूले आफूहरूको पार्टी मर्यादाक्रम नमिलेको र बिधानले कुनै अधिकार नदिएको गुनासो राखेका थिए । भेटघाटमा महानगर सभापतिहरू काठमाडौंका निलकाजी शाक्य, ललितपुरका सुवानन्द धाख्वा, भरतपुरका चित्रसेन अधिकारी, विराटनगरका दिपक चापागाईं वीरगञ्जका मनिन्द्र नेपाली सहभागी थिए ।

४ श्रावण २०८१, शुक्रबार ११:५५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस