|  

न्युरोडको फुटपाथ बिस्तारमा फेरि अवरोध

४ श्रावण २०८१, शुक्रबार १२:०३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ४, काठमाडौँ । काठमाडौंको न्युरोड क्षेत्रको फुटपाथ बिस्तारको काममा फेरि स्थानीयले अवरोध गरेका छन् । काठमाडौं महानगरपालिकाले शुक्रवार बिहान फुटपाथ विस्तारको काम शुरू गरेसँगै स्थानीय विरोधमा उत्रिएका हुन् ।

भीडलाई नियन्त्रण गर्न न्युरोडमा उल्लेख्य मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । शुक्रवार बिहान न्युरोडमा नेपाल प्रहरी, नगर प्रहरीलगायत सुरक्षाकर्मी तैनाथ गरिएको छ । उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधवारदेखि पुनः काम शुरू गरेको थियो ।

स्थानीय यसैको विरोधमा उत्रिएका हुन् । यसअघि न्युरोडमा फूटपाथ बिस्तारलाई लिएर सडक डिभिजन कार्यालय र महानगरबीच विवाद भएको थियो । काठमाडौं महानगरले फूटपाथ बिस्तारका लागि सडकको कालोपत्रेसमेत भत्काइसकेको अवस्थामा सडक डिभिजनले हस्तक्षेप गरेको थियो । सडक डिभिजनको हस्तक्षेपको विरोधमा महानगरले उच्च अदालत पाटनमा रिट दिएको थियो । अदालतले न्युरोडमा फुटपाथ बिस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो ।

४ श्रावण २०८१, शुक्रबार १२:०३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस