|  

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै, पक्षमा दुई तिहाइ !

५ श्रावण २०८१, शनिबार ०७:०४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ५, काठमाडौँ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन् । विश्वासको मतको लागि कांग्रेस एमाले सरकारले दुई तिहाइ मत प्राप्त गर्ने भएको छ । विद्यमान प्रतिनिधिसभामा रहेको २ सय ७५ मध्ये प्रधानमन्त्रीको पक्षमा दुई तिहाइ मत प्राप्त हुने निश्चित भएको छ ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसको ८८ र एमाले ७९ सिट छ । जसमा एमालेका एक जना सभामुख र एक जना निलम्बित छन्। एमालेको ७७ मत हुन्छ। प्रतिनिधि कांग्रेस र एमालेको १ सय ६५ मत हुन्छ ।

२७५ को दुई तिहाइ १८४ हुन्छ। ओलीले दुई तिहाइ मत पाउने निश्चित भएको छ ।
त्यस्तै, सरकारमा सहभागी भएको जनता समाजवादी पार्टीको ७ र लोसपाको ४ सिट छ। जसपा र लोसपा गरेर १ सय ७४ हुन्छ। उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र जनमत पार्टीले पनि विश्वासको मत दिने निर्णय गरिसकेका छन् । जसपा नेपालको ५ र जनमतको ६ सिट छ। यो समेत गर्दा १ सय ८४ मत हुन्छ। २ सय ७५ को दुई तिहाइ १ सय ८४ हुन्छ। ओलीले दुई तिहाइ मत पाउने निश्चित भएको छ ।

 

५ श्रावण २०८१, शनिबार ०७:०४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस