|  

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

५ श्रावण २०८१, शनिबार ०७:१४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ५, काठमाडौँ । आज २०८१ साल साउन ५ गते शनिबार सन् २०२४ जुलाई २० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५७ पैसा र बिक्री दर १३४ रुपैयाँ १७ पैसा पुगेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ४७ पैसा र बिक्री दर १४६ रुपैयाँ १२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ६२ पैसा र बिक्री दर १७३रुपैयाँ ३९ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

५ श्रावण २०८१, शनिबार ०७:१४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस