|  

बागमतीमा जम्कट्टेलको विपक्षमा मतदान गर्न कांग्रेसको निर्देशन

५ श्रावण २०८१, शनिबार ०८:०७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ५, काठमाण्डौँ । नेपाली कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

प्रदेश सम्पर्क कार्यालय ललितपुरमा शुक्रबार बसेको बैठकले जम्कट्टेलले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको कार्यालयका मुख्य सचिव राजु नेपालले जानकारी दिए ।

बैठकले प्रदेश संसदीय दललाई विपक्षमा मतदान गर्न निर्देशनसमेत दिएको छ । मुख्यमन्त्री जम्कट्टेलले ६ साउनमा प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । जम्कट्टेललाई बिहीबार राप्रपाले पनि विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

५ श्रावण २०८१, शनिबार ०८:०७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस