|  

प्रधानमन्त्रीलाई विश्वासको मत दिने जनमतको निर्णय

५ श्रावण २०८१, शनिबार ०८:१२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ५, काठमाडौँ । जनमत पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
शुक्रबार पार्टीको बैठकले प्रधानमन्त्रीले मागेको विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । जनमतका ६ सांसद छन् ।

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने कार्यसूची छ । केन्द्र सरकारमा जनमत हालसम्म सहभागी भएको छैन ।
तर मधेश प्रदेशमा कांग्रेस र एमालेको साथमा जनमतले सरकारको नेतृत्व गरिरहेको छ । मधेश सरकारले बिहीबार मात्रै पूर्णता पाएको थियो ।

५ श्रावण २०८१, शनिबार ०८:१२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस