यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
साउन ५, काठमाडौँ । नेपाली कराते टोली भुटानको थिम्पुमा सम्पन्न आठौँ दक्षिण एसियाली कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।
नेपाल, भुटान, भारत र श्रीलंला सहभागि प्रतियोगितामा नेपालले ३१ स्वर्ण, २० रजत र ११ कास्य पदकसहित कुल ६२ पदक प्राप्त गर्दै प्रथम भएको हो ।
त्यस्तै, भारत २७ स्वर्ण, २० रजत र १३ कास्य पदकसहित दोस्रो, श्रीलङ्का ५ स्वर्ण १८ रजत र ३१ कास्यसहित तेस्रो भएको छ ।
आयोजक भुटान ५ रजत र ३७ कास्य पदकसहित चौथो भयो । गएको वर्ष काठमाडांैमा भएको सातौँ संस्करणमा पनि नेपाली टोली टिम च्याम्पियन बनेको थियो ।