|  

‘बेहुली फ्रम मेघौली’को गीत ‘उडायो मन’ सार्वजनिक

५ श्रावण २०८१, शनिबार ०८:१८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ५, काठमाडौँ । निर्माणको चरणमा रहेको चलचित्र ‘बेहुली फ्रम मेघौली’को नयाँ गीत सार्वजनिक भएको छ । चलचित्रको ‘उडायो मन’ बोलको गीत सार्वजनिक भएको हो । गीतमा संगीत, शब्द र ऐरेन्ज जयन वाइवाको छ । इन्द्रकला राईको स्वर छ ।

गीतमा नेपालीसँगै थारु भाषाको पनि प्रयोग छ ।
गीतको भिडियोमा चलचित्रकी नायिका स्वस्तिमा खड्कालगायत कलाकार फिचर्ड छन् । भिडियोमा सिम्रन खड्का र निश्चल बस्नेतलाई पनि देख्न सकिन्छ ।

असोज १७ गते रिलिज हुने चलचित्रमा निश्चल र स्वस्तिमासँगै बसुन्धरा भुषाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधरलगायत कलाकारको अभिनय छ ।
चलचित्रमा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ । यो उनीहरूको डेब्यु निर्देशन हो ।

चलचित्रमा लगानी स्वस्तिमा खड्का र निश्चल बस्नेत स्वयंको छ । कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

https://youtu.be/OwLvKrenonw

५ श्रावण २०८१, शनिबार ०८:१८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस