|  

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेको ह्वीप

५ श्रावण २०८१, शनिबार ११:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ५, काठमाण्डौँ । सत्तारूढ नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप लगाएको छ ।
प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधि सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दैछन् ।

एमालेका सबै प्रतिनिधि सभा सदस्यहरुलाई प्रधानमन्त्रीले राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् । २७५ सदस्यीय प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रधानमन्त्री ओलीले कम्तिमा १३८ सांसदको समर्थन पाउनुपर्छ ।

सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका कारण ओलीलाई विश्वास प्राप्त गर्न कांग्रेसको ८८ र एमालेको ७९ सांसदकै मात्र समर्थन पनि पर्याप्त हुन्छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपा नेपालले पनि प्रधानमन्त्री ओलीलाई विश्वास मत दिने निर्णय गरिसकेको छ ।

 

५ श्रावण २०८१, शनिबार ११:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस