|  

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

८ श्रावण २०८१, मंगलवार ०६:४९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ८, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५६ पैसा र बिक्री दर १३४ रुपैयाँ १६ पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ३९ पैसा र बिक्री दर १४६ रुपैयाँ ५ पैसा रहेको छ ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ७३ पैसा र बिक्री दर १७३ रुपैयाँ ५१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६३ पैसा र बिक्री दर ३६ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

८ श्रावण २०८१, मंगलवार ०६:४९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस