|  

रामदत्त जोशी एआईजी बढुवामा सिफारिस

८ श्रावण २०८१, मंगलवार ०८:१६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ८, काठमाडौँ । सरकारले रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवाका लागि प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीलाई सिफारिस गरेको छ। बढुवा समितिको सोमबार बसेको बैठकले जोशीलाई एआईजीमा बढुवा सिफारिस गरिएको हो ।

विशेष व्यूरोबाट विमानस्थल कार्यालय प्रमुख भएको जोशीलाई आइतबार बेलुका बसेको बढुवा समितिको बैठकले बढुवा गर्न सिफारिस गरेको हो ।

एआईजी उमेशराज जोशीले असार १९ गते अनिवार्य अवकाश पाएपछि रिक्त दरबन्दीमा उनलाई बढुवा गर्न सिफारिस गरिएको हो । यसअघि पोषराज पोखरेललाई बढुवा सिफारिस गरिएको थियो। तर सरकारका आएको फेरबदलसँगै बढुवा नभई उनको अवकाश भएको थियो ।

 

८ श्रावण २०८१, मंगलवार ०८:१६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस