|  

बागमतीमा आज लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्दै

८ श्रावण २०८१, मंगलवार ११:०९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ८, मकवानपुर । नेपाली कांग्रेसले आज बागमती प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेश गर्दैछ । कांग्रेस बागमती संसदीय दलका नेता बहादुरसिंह लामाले आज मुख्यमन्त्री पदमा दाबी पेश गर्न लागेका हुन् ।

यसअघि सोमवार बिहान १० बजे मुख्यमन्त्रीमा दाबी पेश गर्ने भनिए पनि अन्तिममा रोकिएको थियो । प्रदेश प्रमुखको कार्यालय हेटौंडामा बिहान १० बजेका लागि समय माग गरिएको थियो । प्रदेश प्रमुखले दिएको समयसीमा बाँकी नै रहेकोले सोमवारको कार्यक्रम स्थगित गरिएको कांग्रेसका सांसद कुन्दनराज काफ्लेले बताए ।

कांग्रेस एमाले गठबन्धनबाट प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरिएको थियो । एमाले संसदीय दलका नेता तथा केही सांसद्हरु काम विशेषले हेटौँडा बाहिर रहेकोले सोमवारको कार्यक्रम स्थगित भएको बताइएको छ । एमाले र कांग्रेसको सहमतिमा नै लामाको मुख्यमन्त्रीमा दाबी गर्ने कार्यक्रम स्थगित गरिएको काफ्लेले बताए ।

८ श्रावण २०८१, मंगलवार ११:०९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस