|  

सुनचाँदीको मूल्य स्थिर, तोलाको कतिमा हुँदै छ कारोबार ?

८ श्रावण २०८१, मंगलवार ११:१४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ८, काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि आज अघिल्लो दिनकै कायम हुँदै १ लाख ४५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यता चाँदीको मूल्य पनि अघिल्लो दिनको मूल्य नै कायम हुँदै आज प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

८ श्रावण २०८१, मंगलवार ११:१४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस