|  

साउनबाट कर्जा प्रवाह हुने, लामो समयपछिको ऋण खुल्दा केके छन् अफर ?

८ श्रावण २०८१, मंगलवार ११:१८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ८, काठमाडौँ । चालु आर्थिक बर्ष २०८१–८२ को साउन महिना लागेसँगै बैंक तथा वित्तिय संस्थाहरुमा निक्षेप घट्न थालेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनको १ र २ गते मात्रै बैंक तथा वित्तीय संस्थाको निक्षेप २९ अर्ब रुपियाँले घटेको हो ।

गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा ६४ खर्ब ९३ अर्ब रुपियाँ निक्षेप थियो । साउन १ गते त्यो १८ अर्ब रुपियाँले घटेर ६४ खर्ब ७५ अर्ब रुपियाँमा झरेको थियो । साउन २ गते थप ११ अर्ब रुपियाँले घटेर त्यो ६४ खर्ब ६४ अर्ब रुपियाँमा सिमित भएको तथ्यांकमा उल्लेख छ ।

समिक्षा अवधीमा बाणिज्य बैंकहरुमा भएको निक्षेप मात्रै २६ अर्ब रुपियाँले घटेको छ । असार मसान्तमा २० बाणिज्य बैंकमा ५७ खर्ब ५५ अर्ब रुपियाँ निक्षेप थियो । त्यो साउन १ गते ५७ खर्ब ३९ अर्ब रुपियाँ र साउत २ गते ५७ खर्ब २९ अर्ब रुपियाँमा सिमित भएको छ ।

अन्य बैंक तथा वित्तिय संस्थाको निक्षेप भने दुई दिनमा तीन अर्ब रुपियाँले घटेको छ । असार मसान्तमा अन्य बैंक तथा वित्तिय संस्थामा सात खर्ब ३८ अर्ब रुपियाँ निक्षेप थियो । त्यो साउन १ गते सात खर्ब ३६ अर्ब रुपियाँ र साउन २ गते सात खर्ब ३५ अर्ब रुपियाँमा सिमित भएको देखिन्छ ।

आर्थिक बर्षान्तका कारण सरकारले असारमा उच्च मात्रामा खर्च गर्छ । त्यो खर्च सिँधै बैंकिङ प्रणालीमा आउछ । त्यसले गर्दा असारमा बैंक तथा वित्तीय संस्थामा हुने निक्षेप पनि ह्वात्तै बढ्छ । गएको असारमा पनि दुई खर्ब ३२ अर्ब रुपियाँले निक्षेप बढेको थियो ।त्यसमा बाणिज्य बैंकको मात्रै २२ अर्ब रुपियाँले घटेको छ । असार मसान्तसम्म बाणिज्य बैंकले कुल ४५ खर्ब ७१ अर्ब रुपियाँ कर्जा प्रवाह गरेका थिए । त्यो साउन १ गते ४५ खर्ब ५६ अर्ब रुपियाँ र साउन २ गते ४५ खर्ब ४९ अर्ब रुपियाँमा सिमित भएको छ ।

८ श्रावण २०८१, मंगलवार ११:१८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस