|  

टिआरसीमा सहमति जुटाउन कार्यदलको बैठक निरन्तर

८ श्रावण २०८१, मंगलवार १३:५१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ८, काठमाडौँ । सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक टिआरसी सहमति जुटाउन गठित कार्यदलको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान ११ बजेपछि बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी नेता जनार्दन शर्मा र कांग्रेसबाट गृहमन्त्री रमेश लेखक सहभागी छन् । प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त भएपछि कार्यदलको बैठक बसेको हो । यसअघि पटक–पटक बैठक बसे पनि दलहरूबीच टिआरसीमा सहमति हुन सकेको छैन। विधेयक संसदमा विचाराधीन अवस्थामा छ ।

संक्रमणकालीन न्यायलाई निर्देशित गर्ने बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य, न्याय तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा गम्भीर मानवअधिकार उल्लंघनको परिभाषा तथा हत्या ९आब्रेटरी किलिङ० सहितका विषयमा विवाद छ ।

८ श्रावण २०८१, मंगलवार १३:५१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस