|  

शेयरबजार साँढे २ बर्ष यताकै उच्च ! कारोबार १४ अर्ब नाघ्यो

८ श्रावण २०८१, मंगलवार १८:३५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ८, काठमाण्डौँ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च नेप्सेमा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक ३.०२ प्रतिशत अर्थात ७५.३३ अंकले बढेर २ हजार ५६३.४३ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि २.३१ प्रतिशतले बढेर ४५९.१९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता सेयर १४ अर्ब ११ करोड ६३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आज नेप्से परिसूचकले २९ महिना पछि पुन २५ सयको विन्दु पार गरेको छ ।
नेप्सेमा सूचीकृत मध्ये १३ वटै समूहमा हरियाली छायो । आज व्यापार समूहमा सबैभन्दा धेरै वृद्धि देखियो । यो समूहमा आज ५.०६ प्रतिशतले बढ्यो । आज जीवन बीमा समूह ४।४५ प्रतिशत, बैंकिङ समूह २.३९ प्रतिशत, विकास बैंक २.९६,वित्त २।५३,होटल ३.१४,हाईड्रो ३.९७,लगानी ३.८७, उत्पादन तथा प्रशोधन ३.७७,लघुवित्त १.३९,म्युचुअल फण्ड १.११,निर्जीवन बीमा ४.३७ र अन्य सूचक १.७३ प्रतिशतले बढ्यो ।

८ श्रावण २०८१, मंगलवार १८:३५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस