|  

आज यी स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

९ श्रावण २०८१, बुधबार ०६:५० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ९, काठमाण्डौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।
हाल देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र बाग्मती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

९ श्रावण २०८१, बुधबार ०६:५०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस