|  

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

९ श्रावण २०८१, बुधबार ०७:०० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ९, काठमाडौँ । आज २०८१ साल साउन ९ गते बुधबार सन् २०२४ जुलाई २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
बुधबार अमेरिकी डलर र कतारी रियाल बढ्दा यूरो र बेलायती पाउण्डको विनिमयदर भने घटेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६१ पैसा र बिक्री दर १३४ रुपैयाँ २१ पैसा पुगेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ १९ पैसा र बिक्री दर १४५ रुपैयाँ ८४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ४८ पैसा र बिक्री दर १७३ रुपैयाँ २५ पैसा पुगेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

९ श्रावण २०८१, बुधबार ०७:००  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस