|  

लुम्बिनीमा एमाले र कांग्रेसले टुंगो लगाए मन्त्रीको नाम

९ श्रावण २०८१, बुधबार ०९:०१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ९, दाङ । लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम कांग्रेस(एमालेले टुंगो लगाएका छन् । पार्टी केन्द्रीय समितिले दिएको नामावलीको आधारमा दुवै पार्टीले मन्त्रीहरुको नाम टुंगो लगाएका हुन् ।

नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम टुंगो लगाएको छ । अघिल्लो सरकारमा मन्त्री बनेका दुई जनालाइ दोहोर्‍याइएको छ भने दुई जना नयाँ अनुहारलाई मन्त्रिमा स्थान दिइएको छ ।

कांग्रेस(एमाले समिकरणका आधारमा लुम्बिनीमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनिसकेका छन् ।

उनको क्याविनेटमा एमालेको तर्फबाट गुल्मीका दिनेश पन्थी, रूपन्देहीका भूमीश्वर ढकाल, पाल्पाका खेमबहादुर सारू र दाङ बाट सीता चौधरी शर्मालाई मन्त्रीको रुपमा सहभागी हुनेछन् । पन्थी अघिल्लो सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री र ढकाल खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्री थिए।

९ श्रावण २०८१, बुधबार ०९:०१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस