|  

लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत

११ श्रावण २०८१, शुक्रबार ०७:१० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ११, काठमाण्डौँ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव सर्वसम्मतले अस्वीकृत भएको छ ।
भारतको नयाँदिल्लीमा जुलाई २१ देखि जारी विश्व सम्पदा समिति युनेस्को वल्र्ड हेरिटेज कमिटीको ४६ औँ सेसनअन्तर्गत बिहीबार भएको मस्यौदाउपर छलफल गरी लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

नेपालका तर्फबाट लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामा, मन्त्रालयका तर्फबाट सचिव डा। गणेशप्रसाद पाण्डेयसहितको नेतृत्व गर्दै टोली युनेस्को वल्र्ड हेरिटेज कमिटीको ४६ औँ सेसनमा सहभागी हुन नयाँदिल्ली पुगेको थियो ।

११ श्रावण २०८१, शुक्रबार ०७:१०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस