|  

सुनको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

११ श्रावण २०८१, शुक्रबार ११:५७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ११, काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार रु ३०० घटेर १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भएको हो ।

यसैगरी तेजाबी सुन तोलामा १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको छ । यसैबीच महासंघले चाँदीका मूल्य शुक्रबार तोलामा १ हजार ७३० रुपैयाँ कायम भएको जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७५० रुपैयाँ रहेको थियो ।

११ श्रावण २०८१, शुक्रबार ११:५७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस