यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
साउन २१, काठमाण्डौँ । बंगलादेशमा फेरि हिंसात्मक प्रदर्शन भड्किएको छ । यसमा परी कम्तिमा ७६ जनाको मृत्यु भएको छ भने सयौँ व्यक्तिहरू घाइते भएका छन् ।
आइतबार विद्यार्थीहरूले प्रदर्शन गर्ने क्रममा प्रहरी र सत्ताधारी पार्टीका सदस्यहरूसँग उनीहरूको झडप भएको थियो । उक्त झडपले हिंसात्मक रूप लिएको हो । प्रदर्शनकारीहरूले एक प्रहरी चौकीमा आक्रमण गर्दा १३ जना प्रहरीको मृत्यु भएको छ ।