|  

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

२१ श्रावण २०८१, सोमबार ०७:०६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन २१, काठमाडौँ । आज २०८१ साल साउन २१ गते सोमबार सन् २०२४ अगष्ट ५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलरको विनिमय दर दुई दिनदेखि स्थिर छ । सोमबार युरो, बेलायती पाउण्ड र कतारी रियालको विदेशी विनिमय दर बढेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ७१ पैसा र बिक्री दर १३४ रुपैयाँ ३१ पैसा पुगेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ८६ पैसा र बिक्री दर १४६ रुपैयाँ ५२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ १४ पैसा र बिक्री दर १७१ रुपैयाँ ९१ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६७ पैसा र बिक्री दर ३६ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

२१ श्रावण २०८१, सोमबार ०७:०६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस