|  

आज चारवटा संसदीय समितिको बैठक बस्दै

२२ श्रावण २०८१, मंगलवार ०७:२९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन २२, काठमाडौँ । सङ्घीय संसद्का चारवटा संसदीय समितिका बैठक आज बस्दै छन् । सङ्घीय संसद् सचिवालयका अनुसार मङ्गलवार राज्यव्यवस्था तथा सुशासन, कानुन, न्याय तथा मानवअधिकार, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र विधायन व्यवस्थापन समितिका बैठक बस्न लागेका हुन् ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे समितिको सभा कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल प्रारम्भ गरिने छ । यस्तै, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुने कार्यसूची रहेको छ ।

यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गर्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

२२ श्रावण २०८१, मंगलवार ०७:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस