यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
साउन २६, सुर्खेत । सुर्खेतस्थित भेरी नदीमा शनिबार बाढीको खतरा रहेको छ ।
बाढी पूर्वानुमान महाशाखाकाअनुसार समजिघाट जल मापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको हो ।
नदीको जलसतह बढ्दो रहेकाले नदी तटीय क्षेत्रमा दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन महाशाखाले एसएमएस अलर्टसमेत जारी गरेको छ ।