यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
साउन २६, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सबैभन्दा बढी कैदीबन्दी जबरजस्तीकरणीका रहेको बताएका छन् ।
आज शनिबार ‘टिआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धिः ऐन कार्यान्वयनमा द्वन्द्व पीडितहरुको सहभागिता’ विषयक अन्तरक्रियामा बोल्दै उनले बलात्कार घटना बढेकाले यसको सजाय कम नहुने बताएका हुन् । ‘कारागारमा सबैभन्दा बढी कैदीबन्दी जबरजस्तीकरणीका छन् । रेप भनेको रेप नै हो । बन्दुक बोकेका मान्छेलाई गरेपनि साधारण व्यक्तिलाई गरेपनि रेप भनेको रेप नै हो । अरु अपराध भनेका कोही व्यक्ति विशेषका छन्, कोही समाज विरुद्धका अपराधहरु छन्, कोही राज्य विरुद्दका अपराध छन् तर बलात्कार भनेको त मानवता विरुद्धको अपराध हो । यी पीडाहरुलाई हामीले अलिकति अनुभव गरेर अगाडि बढ्न सक्यौँ भने बलात्कारलाई देशमा कम गर्न सक्छौँ ।’
साथै, उनले अहिलेको विधेयक पीडितमैत्री भएको बताए । उनले सबै पीडितलाई एक ठाउँमा लिएर पीडकको पीडा समाधान गर्नुपर्ने बताए ।