|  

कुलमानलाई अनावश्यक दुःख दिएको भन्दै सरकारसँग माओवादी केन्द्र फायर

२६ श्रावण २०८१, शनिबार १४:२१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन २६, काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई अनावश्यक दुःख दिएको भन्दै आलोचना गरेको छ । कुलमानमाथि लाञ्छना लगाउने काम तत्काल बन्द गर्न सरकारलाई माओवादीको चेतावनी छ ।

हिजोबाट सुरु भएको पार्टी स्थायी कमिटी बैठकमा कुलमानमाथि सरकारले अनावश्यक दुःख दिने नियत राखेको विषयमा छलफल भएको प्रवक्ता अग्नि सापकोटालो जनाए । घिसिङले सुशासनको पक्षमा गरेको काममा अवरोध हुनेगरी विभिन्न गतिविधि सरकार आफैले अघि बढाएको उल्लेख गर्दै आपत्ति जनाएको हो ।

कुलमानले राम्रो काम गरिरहेको बेलामा सरकारले हटाउनेगरि तयारी थालेको विषयमा अध्यक्ष पुष्पकमल दाहालले बोलेका थिए । उनले कुलमानको नेतृत्वदायी भूमिकाको कारण नेपाल अँध्यारो युगबाट उज्यालोको यात्रासम्म आईपुगेकोले अनावश्यक दुःख दिने काम भए सह्य नहुने र त्यहीअनुसार सरकारको विरोधमा उत्रिन दाहालको निर्देशन थियो ।

यस्तै, बैठकमा भ्रष्टाचारविरोधी अभियानमा अवरोध आउने खालका कुनैपनि गतिविधि नगर्न पनि सरकारको ध्यानाकार्षण गराईएको छ ।

२६ श्रावण २०८१, शनिबार १४:२१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस