यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला संगठन कमिटी धादिङको २२ औं जिल्ला सम्मेलन आगामी भदौ १५ गते हुने भएको छ । शनिवार धादिङवेशीमा बसेको जिल्ला कमिटीको बैठकले विवभिन्न उपसमिति हरु गठन गर्दै सम्मेलनलाई भव्य बनाउन लागिएको अध्यक्ष विनोद आचार्यले बताउनु भयो । भदौ १० गते सम्म पालिका स्तरिय सम्मेलन सकि १५ गते जिल्ला सम्मेलन गर्ने तयारीका साथ लागि रहेको आचार्यले जानकारी दिनु भयो ।