|  

कति पुग्यो बिदेशी मुद्राको विनिमय दर ?

२८ श्रावण २०८१, सोमबार ०७:०६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन २८, काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य स्थिर छ भने जापानी येन र साउदी रियालको मूल्य बढेको छ ।

आज अमेरिकी डलर १ को खरिद दर १३४. ०४ रुपियाँ र बिक्री दर १३४.६४ रुपियाँ तोकिएको छ । हिजो पनि सोही दरमा खरिदबिक्री भएको थियो ।

अघिल्लो दिन जापानी येन १० खरिद दर ९.१२ रुपियाँ र बिक्री दर ९.१६ रुपियाँ रहेकामा सोमबार खरिद ९.१४ रुपियाँ र बिक्री ९.१८ रुपियाँ निर्धारण गरिएको छ । त्यस्तै आज साउदी रियाल १ को खरिद मूल्य ३५.७४ रुपियाँ र बिक्री मूल्य ३५.९० रुपियाँ कायम गरिएको छ, जुन हिजो खरिद ३५.७१ रुपियाँ र बिक्री ३५.८७ रुपियाँ थियो ।

२८ श्रावण २०८१, सोमबार ०७:०६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस