|  

अस्ट्रेलियन डलर बढ्दा अमेरिकन डलर घट्यो, यस्तो छ बिहीबारको विनिमय दर

३१ श्रावण २०८१, बिहीबार ०६:४० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन ३१, काठमाडौँ । आज २०८१ साउन ३१, अगस्ट १५, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अस्ट्रेलियन डलरको मूल्य बढेको छ भने अमेरिकी डलरको मूल्य घटेको छ ।

आज अस्ट्रेलियन डलर १ को खरिद दर ८८.८० रुपियाँ र बिक्री दर ८९.२० रुपियाँ तोकिएको छ । हिजो भने खरिद ८८.४१ रुपियाँ र बिक्री ८८.८० रुपियाँ थियो । हिजो अमेरिकी डलर १ को खरिद दर १३४.०६ रुपियाँ र बिक्री १३४.६६ रुपियाँ रहेकामा आज भने खरिद १३४.०२ रुपियाँ र बिक्री १३४.६२ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

३१ श्रावण २०८१, बिहीबार ०६:४०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस