|  

प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

६ भाद्र २०८१, बिहीबार ०७:२७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


भाद्र ६, काठमाण्डौँ । आज प्रतिनिधिसभा बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर हुने सम्भावित कार्यसूचीमा छ ।
बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिनेछन् ।

बैठकमा विषयगत समितिमा हेरफेरलगायत कार्यसूचीसमेत छन् । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची छ ।

सांसद डा। तोसिमा कार्कीले हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनु पर्ने भन्ने सार्वजनिक महत्त्वको विषयमाथि स्वास्थ्य तथा जनसंख्या मन्त्रीको ध्यानाकर्षण गराउने पनि कार्यसूचीमा उल्लेख छ ।

६ भाद्र २०८१, बिहीबार ०७:२७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस