यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
भाद्र ७, काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि आज बोलाएको छ ।
गोरखा मिडिया नेटवर्कका पूर्वप्रवन्ध निर्देशकसमेत रहेका लामिछानेलाई समितिले आज दिउँसो २ बजे बोलाएको हो ।
लामिछानेले जीवी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति तथा संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप लाग्दै आएको छ । उनीहरूले पोखराको सूर्य दर्शन सहकारी, सहारा चितवन सहकारी तथा बुटवलको सुप्रिम सहकारीबाट करोडौं रकम गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको आरोप लाग्दै आएको छ ।