|  

स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङकनमा बेनीघाट रोराङ र नीलकण्ठ देशभरमा प्रथम

७ भाद्र २०८१, शुक्रबार ११:५८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । संस्थागत क्षमता स्वमूल्याङ्कनमा धादिङको गाउँपालिका र्फ बेनिघाट रोराङ र नगरपालिका तर्फ नीलकण्ठ नगरपालिका प्रथम हुन सफल भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय सरकार सस्थागत स्वमुल्याङकनमा दुई पालिका देशभरमै उत्कृष्ट बनेका हुन् ।

देशभरका ७ सय ५३ स्थानीयमध्ये बेनीघाट रोराङले ८७.२५ अंक पाउँदै गाउँपालिका तर्फ प्रथम भएको छ भने नीलकण्ठ नगरपालिकाले ९२.५० अंक पाएको छ ।

बिहीबार एक कार्यक्रमका बिच बेनीघाट रोराङ गाउँपालिका र नीलकण्ठ नगरपालिकालाई मन्त्रालयका सचिव भरतमणी सुवेदीले सम्मान गर्नुभएको छ ।
सम्मान कार्यक्रममा धादिङबाट नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुबेदी, बेनीघाट रोराङका प्रमुख कृष्ण बहादुर थपलिया विवेक,प्रमुख प्रशासकिय अधिकृत नर्वदा घिमिरे लगायतका सहभागी थिए ।विभिन्न १० विधामा भएको परीक्षणका आधारमा स्थानीय तहहरूको स्वमूल्यांकनको कुल अंक निर्धारण हुने गर्दछ ।
कुल एक सयवटा सूचकको एक सय अंक निर्धारण गरी हरेक सूचकमा भएको प्रगति र त्यसको प्रमाणको आधारमा स्वमूल्यांकन प्रणालीमा अंक निर्धारण हुने गर्दछ ।

स्वमुल्यांकनमा रुपन्देहीको तिलोतमा नगरपालिका दोस्रो र रत्ननगर नगरपालिका तेस्रो हुन सफल भएको छ ।
गाउँपालिका तर्फ देशभरमा रुरुक्षेत्र ८७ अंक सहित दोस्रो र इन्द्रावती गाउँपालिका ८७ अंक सहित तेस्रो भएको छ ।

७ भाद्र २०८१, शुक्रबार ११:५८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस