|  

प्रिमियर लिगमा लिभरपुलको लगातार दोस्रो जित

१० भाद्र २०८१, सोमबार ०७:१७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


भाद्र १०, काठमाडौँ । प्रिमियर लिगमा लिभरपुलले ब्रेन्टफोर्डलाई २-० ले पराजित गरेको छ । नयाँ सिजन लिगमा लिभरपुलको यो लगातार दोस्रो जित हो ।
घरेलु मैदान एनफिल्डमा गएराति भएको खेलमा लिभरपुलका लागि लुइस डियाज र मोहमद सालाहले गोल गरे ।

खेलको १३औं मिनेटमा डियाजले डिएगो जोटाको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । डियाजकै असिस्टमा सालाहले ७०औं मिनेटमा लिभरपुलका लागि दोस्रो गोल गरे । नयाँ सिजन लिभरपुलसहित साविक विजेता म्यानचेष्टर सिटी, ब्राइटन र आर्सनलले मात्र शतप्रतिशत खेल जितेका छन् । चारै टोलीको समान ६ अंक छ । तर गोलअन्तरमा सिटी शीर्ष स्थानमा छ । ब्राइटन दोस्रो र आर्सनल तेस्रो स्थानमा रहँदा लिभरपुल चौथो स्थानमा उक्लेको छ ।

१० भाद्र २०८१, सोमबार ०७:१७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस