|  

यमनको तटीय क्षेत्रमा डुङ्गा पल्टिँदा १३ जनाको मृत्यु, १४ जना बेपत्ता

१० भाद्र २०८१, सोमबार ०७:२४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


भाद्र १०,काठमाण्डौँ । यमनको तटमा आप्रवासीहरूको डुङ्गा पल्टिँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने अन्य १४ जना बेपत्ता भएका छन् । जिबुटीबाट प्रस्थान गरेको डुङ्गामा २५ जना इथियोपियाली आप्रवासी र दुई यमनी नागरिक रहेको आप्रवासीका लागि अन्तर्राष्ट्रिय सङ्गठन आईओएमले जनाएको छ । डुङ्गा मङ्गलबार बानी अल–हकम उप–जिल्लाको दुबाब जिल्ला नजिकै पल्टिएको थियो ।

मृत्यु हुनेमा ११ पुरुष र दुई महिलाको शव फेला परेको छ भने बाँकी बेपत्ताको खोजी कार्य जारी रहेको आईओएमले जनाएको छ । डुङ्गा पल्टिनुको कारण स्पष्ट भएको छैन । आईओएमले द्वन्द्व, गरिबी र जलवायु सम्बन्धी चुनौतीलगायत अनियमित बसाइँ सर्ने मूल कारणको समाधान गर्न सबै पक्षलाई आह्वान गरिरहेको छ ।

१० भाद्र २०८१, सोमबार ०७:२४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस