|  

विभिन्न देशका मुद्राको विनिमय दर आज कति छ ?

१० भाद्र २०८१, सोमबार ०७:५६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


भाद्र १०, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।
आज अमेरिकी डलर १ को खरिद मूल्य १३३.९३ रुपियाँ र बिक्री १३४.५३ रुपियाँ तोकिएको छ । हिजो पनि सोही दरमा किनबेच भएको थियो ।

त्यस्तै, अघिल्लो दिन युरो १ को खरिद दर १४८.८३ रुपियाँ र बिक्री १४९.५० रुपियाँ रहेकामा आज भने खरिद १४९.८९ रुपियाँ र बिक्री १५०.५६ रुपियाँ तोकिएको छ । त्यस्तै जापानी येन १० को खरिद मूल्य ९.२८ रुपियाँ र बिक्री ९.३२ रुपियाँ छ । हिजो भने सो मुद्राको खरिद ९.१७ रुपियाँ र बिक्री ९.२१ थियो । आज अमेरिकी डलरसहित, साउदीरकतार रियाल, यूएई दिराम, मलेसियन रिंगिट तथा बहराइन दिनारको मूल्य आइतबारको तुलनामा स्थिर रहेको राष्ट्र बैंकले जनाएको छ ।

१० भाद्र २०८१, सोमबार ०७:५६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस