|  

शनिबारको विदेशी मुद्राको विनिमय दर कति छ ?

१५ भाद्र २०८१, शनिबार ०६:४० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


भाद्र १५, काठमाडौँ । आज २०८१ साल भदौ १५ गते शनिबार सन् २०२४ अगष्ट ३१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
शनिबार अमेरिकी डलर, यूरो र बेलायती पाउण्डको विदेशी विनिमय दर घटेको छ । कतारी रियालको खरिद दर घट्दा बिक्री दर भने स्थिर रहेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ८९ पैसा र बिक्री दर १३४ रुपैयाँ ४९ पैसा पुगेको छ । युरो एकको खरिद दर १४८ रुपैयाँ ३९ पैसा र बिक्री दर १४९ रुपैयाँ ०६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ ४५ पैसा र बिक्री दर १७७ रुपैयाँ २४ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७३ पैसा र बिक्री दर ३६ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

१५ भाद्र २०८१, शनिबार ०६:४०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस