|  

आज विदेशी मुद्राहरुको विनियमदर कति छ ?

१६ भाद्र २०८१, आईतवार ०६:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


भाद्र १६, काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ ।
आज अमेरिकी र अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य यथावत छ । अर्थात् हिजो कारोबार भएकै मूल्यमा आज पनि विदेशी मुद्राहरुको कारोबार हुँदैछ ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो । त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ ।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७७ रुपैयाँ २४ पैसा निर्धारण भएको छ । त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ९१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ ।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ३३ र बिक्रीदर ४४० रुपैयाँ २९ पैसा निर्धारण भएको छ । त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ८० पैसा निर्धारण भएको छ ।

१६ भाद्र २०८१, आईतवार ०६:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस