|  

आजको राशिफल कस्तो छ ?

१७ भाद्र २०८१, सोमबार ०७:०६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


आज वि.सं.२०८१ साल भदौ महिनाको १७ गते सोमबार आज कुशे औंशी, बुबाको मुख हेर्ने दिन ।

मेष- पेशागत जीवन र ब्यावसायीक जीवनमा अवरोधहरु आउने छन् । कठिनाईसँग जुध्नु पर्ने समय भएकाले धैर्यतासहित पाइला चाल्नु होला । शेयर क्षेत्र अनुकुल रहने छ ।

वृष –जीवनसाथिको साथमा कामलाई अघि बढाएमा फाइदा हुने देखिन्छ भने जीवनसाथिको साथले लक्ष्य प्राप्तिमा सहयोग पुग्ने छ । साझेदारीमा गरिएका काममा पनि शुभता आउने छ । शेयर क्षेत्र औसतमा केही सकारात्मक रहने छ ।

मिथुन – दम्पत्ति एक अर्कामा समर्पित हुने स्वाभाव पैदा हुने भएता पनि विवाद पनि बढ्ने छ । पेशागत जीवनमा थप जोखिम उठाउनु पर्ने अवस्था आउँछ । प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने भएकाले प्रतिकुल परिस्थितिमा पनि मनोबल कायम राख्न मद्दत पुग्ने छ । शेयर बजार अनुकुलता तर्फ अघि बढ्ने छ ।

कर्कट –शेयर बजारमा होशियार रहनु होला । मन उदास हुने भएकाले उत्साह र उमङ्गको कमि हुन जाने छ । मन नियन्त्रण गर्न योग र ध्यानलाई पनि स्थान दिनु होला । मेहनति र पराक्रमी स्वाभाव भने निरन्तर रहने छ । आम्दानीमा हुने केही बृद्धिले उत्साह ल्याउने छ ।

सिंह –मनमा उदासिनता बढ्ने र चिन्ताले सताउने छ । आत्माबल बलियो हुने भएकाले परिस्थितिसँग जुध्न साहस भने प्राप्त हुने छ ।शेयर क्षेत्र फलदायी रहने छ । बोल्ड ब्यक्तित्व हुने छ ।

कन्या – आफैले सृजना गरेका घर, घडेरी तथा बाहन बेच्नु पर्ने र त्यसबाट खर्च गर्नु पर्ने समय रहेकाले विचार गरेर मात्र अघि बढ्दा उपयुक्त हुने छ । शेयर बजारको हकमा भने केही अनुकुल हुने देखिन्छ ।

तुला –दाम्पत्य जीवनमा मधुरताको कमि हुने छ जसले गर्दा मनमा उदासिनता थपिने छ ।पेशागत जीवनमा भने सकारात्मक तथा स्थिर रहने नै देखिन्छ । शेयर बजार अनुकुल रहने छ ।

वृश्चिक –पेशागत जीवनमा स–सानो उतार चढाव आएता पनि औसतमा यो सकारात्मक दिशामा नै अघि बढ्ने छ । मनमा अत्याधिक दुविधा हुने भएकाले काम प्रति मन केन्द्रित हुन नसक्दा कार्य सफलतामा कमि आउने छ । शेयर क्षेत्र औसत रहने छ ।

धनु- मनमा अनावश्यक दुविधा र चिन्ता थपिने भएकाले मनोबलको अभाव देखिने छ । भाग्यको साथ रहनाले प्रतिकुलतासँग जुध्न शक्ति प्राप्त हुने छ । जीवनसाथिको साथ लिएर अघि बढेमा कार्य सम्पन्न हुन मद्दत पुग्ने छ । शेयर क्षेत्र केही सकारात्मक रहने छ ।

मकर- पेशागत जीवन भने सकारात्मक दिशामा नै रहने छ । शेयर क्षेत्र पनि सकारात्मक रहने छ । मनमा अत्यन्त निराशा उत्पन्न हुने छ । मन उदास हुने भएकाले कर्मको जीवनमा पनि यसले जोश र जाँगरको अभाव सृजना गरिदिने छ ।

कुम्भ- शेयर क्षेत्र हल्का सकारात्मक रहने छ ।भाग्यहिनताको अनुभुति हुने भएकाले यसले कार्य सफलतामा असर पार्ने छ । पेशागत तथा ब्यावसायिक जीवनमा अवरोधहरु आउने छन् ।

मीन-ब्यक्तित्वमा भने गिरावट आउने छ । शरीर कमजोर हुने तथा रगतसँग सम्बन्धी विषयमा भने सतर्क रहनु होला ।  शेयर क्षेत्र सतर्क रहनु पर्ने देखिन्छ ।

१७ भाद्र २०८१, सोमबार ०७:०६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस