|  

सिन्धुपाल्चोक केन्द्र भएर ४.२ रेक्टरस्केलको भूकम्प

१८ भाद्र २०८१, मंगलवार ०७:०२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


भाद्र १८, काठमाडौँ । मंगलबार बिहानै सिन्धुपाल्चोक जिल्ला आसपास केन्द्र भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्र भएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भूकम्पको धक्काको महसुस सिन्धुपाल्चोक, काभ्रेसँगै काठमाडौं उपत्यकासम्म भएको थियो ।

१८ भाद्र २०८१, मंगलवार ०७:०२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस