|  

पहिरो पिडित जिवन चेपाङलाई गजुरी गाउँपालिकाको सहयोग

१८ भाद्र २०८१, मंगलवार १८:१२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । धादिङ गजुरी गाउँपालिका वडा नम्बर ४ का जिवन चेपाङलाई पालिकाले सहयोग प्रदान गरेको छ । लगातार परेको बर्षाका कारण चेपाङको घरमाथी आएको पहिरोले अन्नपात, लत्ता कपडा, भाँडाकुँडा लगायतका अन्य घरायसी समाग्रीहरू पुरेको थियो । सोहि कारण आज पालिकाले केहि थान लत्ताकपडा, दाल चामल र अस्थायी बसोबासका लागि टेन्ट सहयोग गरिएको गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले जानकारी दिनुभयो ।

२०८१ साउन ३० गतेका दिन लगातार रूपमा परेको वर्षातले यो महामारी आएको पिडित जिवन चेपाङले बताउनुभयो । अहिले गाउँपाकिलाले दिएको यो राहात निकै ठूलो भएको भन्दै यस्ता सहयोगमा सधैँ गाउँपालिका अग्र स्थानमा रहेको पनि जानकारी गराउनुभएको छ ।

१८ भाद्र २०८१, मंगलवार १८:१२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस