|  

तीजको दिन सुनचाँदीले बनायो नयाँ रेकर्ड, तोलाको कतिमा हुँदैछ कारोवार ?

२१ भाद्र २०८१, शुक्रबार ११:२३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


भाद्र २१, काठमाडौँ । हरितालिका तीजको दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बिहीबारको तुलनामा तोलामा १ हजार ३ सय रूपैयाँले बढेको हो ।

शुक्रबार सुन तोलाको १ लाख ५३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ३० रूपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

२१ भाद्र २०८१, शुक्रबार ११:२३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस