|  

माओवादीले चाहेको दिनमै ओली सरकार ढल्छ : जीवन आचार्य

२१ भाद्र २०८१, शुक्रबार ११:२८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


भाद्र २१, सुनसरी । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं कोशी प्रदेशका सांसद जीवन आचार्यले कांग्रेस(एमालेले सत्ताका लागि गठबन्धन गरे पनि माओवादीले जनतासँग गठबन्धन गर्ने बताएका छन् । अखिल क्रान्तिकारी सुनसरीको १४औं जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रममा आचार्यले माओवादीले जनतालाई साथमा लिएर अघि बढ्ने बताएका हुन् ।

‘देश भ्रष्टाचारले दलदल बनाइएको अवस्थामा प्रचण्डको नेतृत्वमा भ्रष्टाचारविरोधी अभियान चलाउँदा भ्रष्टाचारी एकै ठाउँमा आएर सरकार ढाल्ने काम भयो’, उनको जिकिर थियो । माओवादी र प्रचण्डले चाहने हो भने ओली सरकार चाहेको दिनमै ढल्ने उनको दाबी छ । तर, अहिले माओवादीलाई सरकार नचाहिएको आचार्यको भनाइ छ ।

आगामी निर्वाचनमा माओवादी एक्लै लड्ने उनले बताए ।

२१ भाद्र २०८१, शुक्रबार ११:२८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस