|  

माओवादी केन्द्र निकट गल्छी-काठमाण्डौँ सम्पर्क समन्वय समितीको भेला सम्पन्न, अध्यक्षमा ईश्वर साही चयन

२२ भाद्र २०८१, शनिबार २१:०८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । गल्छी-काठमाण्डौँ सम्पर्क समन्वय समितीको भेला सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गल्छि गाउँपालिका काठमाडौ सम्पर्क समन्वय समितीको भेला आज समापन गरिएको हो ।
भेलाले ईश्वर साहिको अध्यक्षतामा २२ सदस्यीय समिती गठन गरेको छ । उपाध्यक्षमा मान बहादुर तामाङ, सचिबमा रमेश बुढाथोकी, सहसचिवमा ईश्वर झारी चयन गरिएको छ । यसैगरि सदस्यहरुमा जयराम आले, नारायण ओझा, रुपेश श्रृष्ठ, राज थापा, नारायण श्रृष्ठ, नारायण आचार्य, रमेश खतिवडा, सुजन कुँवर, नारायण भण्डारी, दिपक खड्का, हिराचन खड्का, कुर्म बहादुर तामाङ, बिज्ञान बिक, शंकर सुवेदी, रामकृष्ण बुढाथोकी, अर्जुन सापकोटा, दिपक तामाङ चयन गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा बागमति प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जमकट्टेल रहनुभएको थियो । साथै कार्यक्रममा नेकपा माओवादी केन्द्र धादिङका पदाधिकारीहरू, समितिका पूर्वपदाधिकारीहरू लगायतको सहभागिता समेत रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा बागमती प्रदेशका निबर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रत्येक सदस्यको समान अधिकार भएको एक मात्र पार्टी माओवादी केन्द्र भएको बताउनुभयो । माओवादी पार्टी कुनै पनि दाग नलागेको पार्टी भएको भन्दै हरेक ठाउँमा शिर ठनडने पारेर हिड्नुपर्ने बताउनुभयो । गल्छी काठमाडौं सम्पर्क समिति गठन गरिएको यो अबसरमा उहाँले समन्वय समितिले पार्टी सङ्गठनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख समेत गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र तथा धादिङ काठमाण्डौँ सम्पर्क समन्वय समिती अन्तर्गत आज गल्छी काठमाण्डौँ सम्पर्क समन्वय समिती गठन गरिएको सोहि समितीका ईन्चार्ज अमृत जमकट्टेलले जानकारी दिनुभयो ।

२२ भाद्र २०८१, शनिबार २१:०८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस