|  

नेपाली सेनाका महासेनानी दिपक भण्डारीलाई जिम्मेवारीबाट हटाइयो

२३ भाद्र २०८१, आईतवार ०६:२६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


भाद्र २३, काठमाण्डौँ । नेपाली सेनाका महासेनानी दिपक भण्डारीलाई जिम्मेवारीबाट हटाइएको पाइएको छ । सैनिक सामग्री खरिद र वितरणको जिम्मा पाएका भण्डारीले गडबड गरेको भन्दै जिम्मेवारीबाट हटाइएको हो ।

स्रोतका अनुसार उनी र दुई तारे जर्नेल प्रकाश देउजाले खरिद गरेका सामान महँगो हुनुका साथै ठेकेदारहरूलाई समेत पैसा मागेर हैरान बनाएपछि कारबाहीमा परेका हुन् ।

भण्डारीलाई जिम्मेवारीबाट हटाइएपछि यडी सप्लायर्सका झंक भट्ट, एन एस ट्रेड श्लोक इन्टरप्राइजेजका रितेश अग्रवाल, अलबेलो ट्रेडका जलेश्वर पौडेल, आर ए इन्टरनेशनलका राजेश अग्रवाल र राजश्री इन्टरप्राइजेजका सञ्चालकहरूले पनि समर्थन जनाएका छन् । उनीहरूले भण्डारी र प्रकाशले गरेका कमिसनका विषयमा जंगी अड्डामा बेलिविस्तार लगाइरहेका छन् ।

२३ भाद्र २०८१, आईतवार ०६:२६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस