यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
गजुरी । धादिङको थाक्रे गाउँपाकिला वडा नम्बर ११ को वडा कार्यालय भवनको उद्घाटन भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यतामा नवनिर्मित वडा कार्यालय भवनको उदघाटन गर्नुभयो ।
भवनको उदघाटन गर्दै प्रदेश प्रमुख जमकट्टेलले विगतका वर्षमा पालिकाभित्र निर्माणका धेरै कामहरु सम्पन्न भएको वताउनुभयो । आगामी दिनहरुमा आफु प्रदेश प्रमुख हुँदा वा नहुँदा पनि धादिङको विकासको निम्ति निरन्तर लागिपर्ने बताउनुभयो । मुख्यमन्त्री जमकट्टेलले वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताउनुभयो । नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
उहाँले पालिकाभित्र वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताउनुभयो । वडा ११ का वडाध्यक्ष सुदर्शन पाण्डेले निर्वाचित भएर आएपछि अधिकांश समय सिकाईमै वितेको बताउनुभयो । ‘अधिकाशं समय सिक्नमै वित्यो, उहाँले भन्नुभयो ‘तथापि वडाको विकासमा हामीले धेरै काम गर्न सफल भएका छौं ।’
धादिङको समिचौतारामा निर्माण गरिएको सो भवन उद्घाटनमा बिभिन्न ब्यक्तित्वहरुको सहभागीता रहेको थियो ।