|  

सिद्धलेक गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मुख्यमन्त्री जमकट्टेल !

२७ मंसिर २०८०, बुधबार १७:५१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । राष्ट्रपति रनिङशिल्ड सिद्धलेक गाउँपालिकास्तरीय प्रतियोगिता २०८० आजबाट सुरु भएको छ । पालिस्तरीय प्रतियोगीतामा आधारभुत तह तथा माध्यमिक तहका विद्यार्थीहरुले विभिन्न कार्यक्रममा भाग लिएका छन् । प्रतियोगिताको उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरुले विभिन्न प्रस्तुति दिएका थिए ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलद्धारा उद्घाटन गरिएको कार्यक्रममा बिभिन्न किसिमका खेलकुदहरु भएका छन् । रनिङशिल्ड प्रतियोगीतामा भलिबल, कबड्डि र एथलेटिक्स, हाईजम्प, लङजम्प,सर्टपुट,पिटी लगायतका खेलहरु भएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहनुभएका मुख्यमन्त्री जमकट्टेलले खेलकुदले मानिसलाई स्वस्थ्य बनाउने भन्दै यस्ता खेलहरु बालबालिकाहरुको लागी उपयुक्त हुने कुरामा जोड दिनुभयो । उहाँले खेलकुदका बिभिन्न कार्यक्रममा प्रदेश सरकारले छुट्टै नियम तथा सहयोगका कार्यक्रम ल्याउने कुरामा समेत उहाँको जोड थियो ।

सिद्वलेक गाँउपालिकाको बिभिन्न आमा समुहले मुख्यमन्त्री जम्कट्टेललाई स्वागत गरेका थिए ।

२७ मंसिर २०८०, बुधबार १७:५१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस