यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको काम कारबाहीबाट नेपाली कांग्रेसका नेताहरु सन्तुष्ट नरहेका दाबी गर्नुभएको छ ।
बिहीवार महाकाली—मेची अभियानअन्तर्गत भोजपुरमा आयोजित सभामा उहाँले सत्तारुढ दलकै नेताहरु सरकारको कामप्रति असन्तुष्ट रहेका दाबी गर्नुभएको हो ।
ुनेपाली कांग्रेसकै नेताहरु पनि यो सरकारसँग आजित भइसकेका छन् । राजनीति, अर्थतन्त्र बिग्रिएको देखेर सबैमा चिन्ता छाएको छ । उहाँले भन्नुभयो ।
यस्तै, ओलीले समृद्ध नेपाल, सुखी नेपालीका लागि शुरु गरिएको मिसन ८४ अभियान नेपाली नागरिकका लागि भएको बताउनुभएको छ ।
अध्यक्ष ओलीले आफ्नो पार्टीले साढे तीन वर्ष सरकारको नेतृत्व गर्दा देशमा असाधारण विकास गरेको दाबी गर्नुभयो ।